रुक्मिणी माविले मनायो ७७ औं वार्षिकोत्सब

२४ भदौ, रुकुम पुर्व

जिल्लाको पुरानो तथा ठुलो विद्यालय रुक्मिणी माद्यामिक विद्यालयले ७७ औं वार्षिकोत्सब २०८१ धुमधामका साथ मनाएको छ । केही दिन देखि विद्यालयले वार्षिकोत्सबको अवसरमा विभिन्न प्रतियोगिता तथा क्रियाकलापहरु सञ्चालन गदै आइरहेकोमा आज विद्यालयले आफ्नो स्थापना भएको दिन पारि मञ्चिय कार्यक्रम गरेको हो ।

आज प्रभात फेरि सँगै विभिन्न प्लेकार्ड सहितका पम्पेलेट मार्फ रुक्मिणी माविका शिक्षक विद्यार्थी अभिभावक तथा विभिन्न सरोकारवाला अतिथिहरुको उपस्थितिमा कोणसभा गरि रुक्मिणी माविको प्रङ्गाण स्थित कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा विशेषगरी रुक्मिणी माविका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले विद्यालयको इतिहास तथा प्रशासनिक प्रतिवेदन र अहिलेको शैक्षिक तथा भौतिक अवस्था बारे प्रष्ट पारे भने विद्यालयका लेखापाल अर्जुन बुढा क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा विद्यालयको समग्र आर्थिक गतिविधि प्रष्ट पारेका थिए ।

रुक्मिणी माविको ७७ औं वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख मोहन बहादुर केसीले रुक्मिणी मावि सिङ्गो रुकुम हुदा पनि चिर परिचित र उत्कृष्ट भएको भन्दै रुक्मिणी मावि स्थापना कालदेखि अहिलेसम्म आइपुग्दा धेरै अग्रज व्यक्तित्वहरुको लगानी र मेहनत धेरै जो भनेर वर्णन गर्न नसकिने बताएका छन्  । उप प्रमुख केसीले जिल्लाकै इतिहासको बोकेको यस विद्यालयमा अहिले अभिभावकहरुको उपस्थिति र बुझाइको कमि भएको भन्दै विद्यार्थी सँगसँगै अभिभावक शिक्षा पनि सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताए । उनले अहिलेको विद्यालय शिक्षाको निरन्तरता र यो स्पिड भावी पुस्ताले पनि निरन्तरता दिनुपर्ने बताएका छन् ।

कार्यक्रमका बिशेष अतिथि तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पछिल्लो समयमा रुक्मिणी माविले दिएको चहलपहल तथा गतिविधिले विद्यालयको चित्र प्रष्ट भएको बताउदै विद्यालयको आगामी भविष्य उज्ज्वल रहेको बताए। अध्यक्ष रेग्मीले पछिल्लो समय विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको उपस्थिति खुकुलो हुनु शैक्षिक क्षेत्रको सङ्केत शंकास्पद रहेको बताउदै शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति अभिभावक, सरोकारवाल निकाय र विद्यालय प्रशासनले साझा प्रतिबद्धता गरेका छन् ।

शुभकामना मन्तव्य राख्दै सिस्ने ५ का वडा अध्यक्ष वीरेन्द्र बस्नेतले पछिल्लो समयको शैक्षिक अवस्था खस्किदो रहेको बताउदै दुःख व्यक्त गरे । वडा अध्यक्ष बस्नेतले शिक्षक र विद्यार्थी बीचको सम्बन्ध नजिक र आदरणीय सँगै सम्मानित हुनुपर्ने बताउनुहुदै विद्यालयको उत्तर उत्तर प्रगतिको कामना गरे ।

त्यस्तै कार्यक्रममा बोल्ने विभिन्न राजनिती दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवा तथा पूर्व शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतले आ–आफ्नो तर्फबाट सक्ने सहयोग तथा शैक्षिक सुधार तथा समग्र विद्यालयको विकासको लागि पहल गर्ने प्रतिबद्धता सहित शुभकामना मन्तव्य राखेका थिए ।

रुक्मिणी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षतामा सुरु भएको वार्षिकोत्सब कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख मोहन बहादुर केसीको रहेको थियो भने बिशेष आतिथ्यता भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिसस अधिकारी रवीन्द्र बुढा क्षेत्री, सिस्ने गाउँ पालिका पूर्व उपाध्यक्ष गोभर्धन बुढा, सिस्ने ५ का वडा अध्यक्ष वीरेन्द्र बस्नेत, डिएसपी माधवराज खरेल, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु छिमेकी विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु नागरिक समाजका अगुवाहरु रुक्मिणी माविका संस्थापक सदस्यहरु लगायत अभिभावक तथा पत्रकार हरुको पनि उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक हरि थापाले गरेका थिए। वार्षिकोत्सबको अवसरमा विद्यालयले विभिन्न विदामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण समेत गरेको छ ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation