सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख भन्दा बढी गएको प्रतिवेदनको ठहर

३१ भदौ, काठमाडौँ 

सहकारी बचत अपचलन छानबिन गर्न बनेको समितिले गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख ०४ हजार ५३८ रुपैयाँ सहकारीबाट गएको देखाएको छ ।

समितिले आज संसद्मा बुझाएको प्रतिवेदन अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि।बाट  उक्त रकम गएको हो ।

‘कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो‚’ प्रतिवेदनमा लेखिएको छ ।

जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोबारहरू कानुनसम्मत नदेखिएको प्रतिवेदनमा लेखिएको छ ।

गोरखा मिडिया नेटवर्क अन्तर्गत ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन भएको थियो । यसको सञ्चालक जीवी राई र प्रबन्ध निर्देशक तथा सेयर होल्डर रवि लामिछाने रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation