विश्वकप लिग–२: नेपालले आज ओमानसँग खेल्दै

२ असोज, काठमाडौं

आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ओमानसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार राति ९ बजे ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुनेछ।

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ।

नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले चार र ओमानले ३ खेल जितेको छ।

नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ।

त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation