५४औं शिक्षा दिवस: चन्द्र प्रभा माविकाे प्रभातफेरीसहित विभिन्न प्रतियोगिता

२ असोज, रोल्पा

५४औं शिक्षा दिवसको अवसरमा चन्द्र प्रभा मा.बि. सुनिलस्मृती-३, मिझिङ, रोल्पाले विभिन्न कार्यक्रम गरि मनाएको छ।

यस अवसरमा मिझिङ रोल्पा स्थित स्कुलबाट सुरु भएको प्रभात फेरि गजुल चोक हुँदै गाउँ परिक्रमा गरेको थियो। विद्यार्थीहरूको हातमा शिक्षाको महत्त्व झल्काउने विभिन्न प्लेकार्डहरू रहेका थिए ।

हरेक हप्ता कुनै न कुनै सिर्जनात्मक गतिविधि सञ्चालन गरिरहने विद्यालयले शिक्षा दिवसको अवसरमा मा.बि. र नि.मा.बि.तहमा तहगत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो भने प्रा.बि. तर्फ गणित दौड आयोजना गरिएको थियो।

प्रतियोगिता प्रथम , द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो। त्यस्तै  शैक्षिक बर्ष २०८० सालको बार्षिक परिक्षाको नतिजाको पनि पुरस्कार यसै अवसरमा बितरण गरिएको थियो।

 

बिद्यालयका प्रअ रत्नलाल सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयका शिक्षक घनश्याम आचार्य राखेको थिए भने कार्यक्रम ब्यबस्थापनमा बिद्यालयका शिक्षक/शिक्षिकाहरु विद्युतजंग सिह ठकुरी, युवराज खत्री, पुन्य प्रसाद चौधरी, सीता शर्मा, जित बहादुर वलि, मिनाक्षी कुवर, शसिराम बिष्ट, राज कुमारी घर्ती लगाएत रहेको कार्यक्रमको संचालक शिक्षक दुर्गा प्रसाद रोकाले गरेको बिद्यालयका सूचना, संचार बिभाग संयोजक नेत्रलाल भट्टराई(नारायण) ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation