काभा महिला क्लब च्याम्पियनसीप : लगातार चौथो जित निकाल्दै पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ।

बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको रोमाञ्चक निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पर्यो।

तेस्रो सेटमा २१–२५ ले पछि परेको पुलिसले चौथो सेटमा २५–१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म लम्ब्यायो। पाँचौं तथा निर्णायक सेट १५–१३ ले पक्षमा पार्दै पुलिसले आफ्नो विजयी यात्रा लगातार चौथो खेलसम्म पनि कायम राख्यो।

माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा चौथो पुलिस शीर्ष स्थानमा छ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा पराजित गरेको थियो।

लिग चरणको अन्तिम खेलमा पुलिसले आज माल्दिभ्स पुलिस क्लबसँग खेल्नेछ। खेल नेपाली समय अनुसार पौने छ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation