समय सीमा कटेका २०५८ साल यताका त्रिविका विद्यार्थीलाई मौका परीक्षाको अवसर

८ असोज, काठमाडौं

त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले समय सीमा कटेर परीक्षा द‍िन नपाएका विद्यार्थीहरूका लागि यसपटक परीक्षा दिन पाउने मौका खुलाएको छ।

त्रिविले मंगलबार एक सूचना जारी गर्दै २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएको जानकारी दिएको हो।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरे बमोजिम सूचना प्रकाशित गरिएको त्रिवि शिक्षाध्यक्षको कार्यालयले जनाएको छ।

मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation