सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्दै क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

९ असोज, काठमाडौं

अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो ।

मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा कटौती गरिने जानकारी दिएका हुन् । उनले सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मा लेखेका छन्, ‘हामीले यस वर्ष ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा जारी गर्दछौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्दैछ ।’

उनले आप्रवासी क्यानडाको अर्थतन्त्रका लागि फाइदाजनक भए पनि खराब व्यक्तिहरुले प्रणालीको दुरुपयोग गर्दै विद्यार्थीको रुपमा फाइदा लिने गरेकाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा थप कटौती गर्न लागिएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation