जीबीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, सहकारीको साढे ३७ करोड अपचलन

९ असोज, काठमाडौँ

चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त अधिकारी, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरविरुद्ध ठगी मुद्दा दर्ता भएको अदालतले जनाएको छ।

उनीहरूमध्ये कुमार रम्तेल मात्रै पोखरामा पक्राउ परेका छन्। अरूका हकमा पक्राउको अनुमित प्राप्त भए पनि हाल फरार छन्। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर भएको छ।

उक्त सहकारीबाट गोरखा मिडियामा गएको रकमका बारेमा भने अनुसन्धान बाँकी नै रहेकाले अनुसन्धान सकेर पुरक निवेदन लैजाने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation