आज क्यान्सर सर्तकता दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदै

१० असोज, काठमाडौं

राष्ट्रिय क्यान्सर सर्तकता दिवस बिहीबार मनाइँदैछ। दिवसको अवसरमा देशैभर क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिँदैछ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । यहि अवसरमा क्यान्सर अस्पतालले आज रजत महोत्सव पनि आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चितवनस्थित अस्तालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।

चीन सरकारको सहयोगमा २०५६ सालमा स्थापना भएको यो अस्पतालको औपचारिक उद्घाटन २०५७ असोज १० गते भएको थियो। देशभित्रका क्यान्सरका बिरामीको ठूलो हिस्साले यही चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा लिइरहेको छ। अहिले क्यान्सर अस्पतालले सुर्खेतको प्रादेशिक अस्पताल, पोराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको सेती प्रादेशिक अस्पतालबाट पनि सेवा विस्तार गरेको छ।

नेपालमा मुख्यतया फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र पित्तथैलीको क्यान्सरका बिरामी धेरै भेटिन्छन्। पुरुष फोक्सो र पेटको र महिला पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation