भारतले दियो नेपाललाई १० वटा बेलिब्रिज

भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ।

बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले जनाएको छ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई पुलका सामानहरू हस्तान्तरण गरेकी हुन्।

भारतले बाढीपहिरोबाट प्रभावित परिवारलाई अत्यावश्यक सरसफाई सामग्री, औषधि, खाद्यवस्तु लगायत २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation