
२६ वैशाख, सल्यान
सल्यानमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका–१० भाटबिटे स्थित भित्री सडक खण्डमा आज बिहान करिब ७ बजे सल्यान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे.१ त.२०९० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
भानुभक्त माध्यमिक विद्यालय दमाचौरका लागि निर्माण सामग्री बोकेको उक्त ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका–१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















