अदालतबाट हतकडीसहित एक थुनुवा फरार

१ साउन, रौतहट

पेसीका लागि रौतहट जिल्ला अदालत पुर्‍याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् ।

जिल्ला कारागार रौटहटबाट अदालत पुर्‍याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्रहरीले उनको पहिचान खुलाएको छैन ।

अदालत पुर्‍याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनको व्यापक खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation