एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

१ साउन, काठमाडौँ

विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो । अदालतको आदेशपछि उनी कुनै शर्तबिना नै रिहा हुने भएका छन् ।

पौडेलको स‌ंलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा इन्कार बयान गरेको भन्दै विशेषले पछि ठहरेबमोजिम हुने भन्दै पुर्पक्षको बहसपछि साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation