दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

 

१ साउन, काठमाडौं

जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरु थुनामै छन् ।

जिल्ला अदालतले बीमा ऐन अन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको हो भने दिपक भट्टसँग एक करोड ५० लाख धरौटी माग गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको अर्को मुद्दामा जिल्ला अदालतले अग्रवालसँग दुई करोड ३० लाख रुपैंया धरौटी माग गरेको छ ।

विशेष अदालतले धितोपत्र सम्बन्धी तेस्रो मुद्दामा अग्रवालसँग एक करोड ५० लाख र दिपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो ।

उनीहरु दुवैजनालाई सम्पत्ति शुद्धिकरणको आरोपमा विशेष अदालतले थुनामा पठाएको छ । अर्को मुद्दामा थुनामा पठाएकाले बीमा र धितोपत्र सम्बन्धी मुद्दामा धरौटी बुझाएपनि उनीहरु थुनामुक्त हुन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation