के हो कपुरकोट जागरण अभियानको मुल मर्म ?

२४ असोज, सल्यान

`सामाजिक, आर्थिक,चेतनामूलक रुपमा सुदृढ जनता, श्रम अभियान मार्फत आफ्नो गाउँ आफै बनाउ´ भन्ने मुल मन्त्रसहित कपुरकोट गाउँपालिकाले सामाजिक चेतनाको विकास तथा विकास निर्माणका सवालमा बिगत लामो समयदेखी विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । साेही अभियान अन्तर्गत गाउँपालिकाले बिहीवार सरसफाइ आभियान कार्यक्रम सम्म्पन्न गरेको छ ।

स-साना कामको लागि पनि सरकारको मुख ताकेर गाली मात्र गर्ने नभएर नागरिकको कर्तव्य समेत पूरा गर्नु आजको आवश्यकता भएकोले कपुरकोट गाउँपालिका जागरण अभियान जागरण अभियान चलाइरहेको छ । पालिकाको वडा नं ३ मा रहेको कालिका टोल विकास संस्था, कालिका मन्दिर ब्यबस्थापन समिति, हरियालि स्वास्थ्य आमा समुह, दमारखोला टोल विकास संस्था र पैयाबारी टोलको संयुक्त पहलमा कपुरकोट गा. पा. वडा नं ३ को झुल्नेटा, अदुवा बालि हुँदै थापाटोल जोड्ने बाटो र कपुरकोट बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।


वडा नं. ३ का वाडा अध्यक्ष प्रदिप खड्काले नेतृत्व गरेको उक्त कार्यक्रममा कार्यपालिका सदस्य राधिका यरि, वडा सदस्यहरु टेक बहादुर पुन,तिलकसिंह ठकुरी ,कपुरकोट प्रहरी चौकी इन्चार्ज बिनोद डिसी लागायतका व्यक्तिहरु उपस्थित रहेको रहेकाे पालिकाले जनाएको छ । साथै स्थानीयलाई विकास निर्माण कार्यमा सशक्तीकरण गर्ने र पालिका र जनताबीचकाे सुमधुर सम्बन्ध कायम राख्न साे जागरण अभियान निरन्तर जारी राखिने पालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation