उसुको थाउलो विश्वकपमा दक्षिण एशियाबाट नेपालमात्र सहभागी

७ कार्तिक, काठमाडौँ 

जापानमा हुने उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा दक्षिण एशियाबाट भाग लिने नेपालमात्र एक्लो प्रतिस्पर्धी बनेको छ।

दक्षिण एशियाबाट छनोट भएर नेपाली खेलाडीमात्र सो विश्वकपमा प्रतिस्पर्धा गर्दैछन्। अन्य कुनै पनि दक्षिण एशियाली राष्ट्र यो विधामा प्रतिस्पर्धाका लागि छनोट भएका छैनन्।

प्रतियोगितामा सहभागी हुन ब्यवस्थापक र प्रशिक्षकबाहेक ५ जना खेलाडी हिजो (बुधवार) त्यसतर्फ प्रस्थान गरेका छन्।

टोकियोस्थित योकोहा शहरमा कात्तिक ७ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ५ जना खेलाडी, एकजना प्रशिक्षक र एकजना व्यवस्थापक गरी ७ जना त्यसतर्फ गएको नेपाल उसु महासंघले जनाएको छ।

टोलीको व्यवस्थापकका रुपमा रहेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामा रहेका छन् । उनको नेतृत्वमा ७ सदस्यीय नेपाली जापान गएको हो।

खेलाडीहरु दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्। जापान गएका टोलीमा निकेश श्रेष्ठ प्रशिक्षक छन्।

नेपाली टोली ग्वान्जाओ हुँदै बिहीवार टोकियो पुग्ने प्रशिक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation