आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र कुवेत भिड्दै

२२ कार्तिक, काठमाडौं 

आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ।

संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रङ्गशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।   बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ओभरमा ३५ रनमा अलआउट भयो।

नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्याण्डले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्दैछन्। यस प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation