गौमुखीको ठुलाबेसीमा पाचौं एकादशी मेला सम्पन्न

२८ कार्तिक, प्युठान

गौमुखीको केन्द्र ठुलाबेसीमा पाचौं एकादशी मेला २०८१ साल कार्तिक २७ गते सम्पन्न भएको छ

। एकीकृत बिकास संघ युनेसीन र ठुलाबेसी बजार बासीको आयोजनामा भएको एकादशी मेलाको मुख्य प्रायोजक गौमुखी गाउपालिका रहेको थियो ।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने, लोपहुँदै गएको सोरठी मारुठी नाचलाई बचाउने, स्थानीय प्रतिभालाई उजागर गर्ने, सामुहिक एकता कायमगर्ने उदेश्यले बिगत ५ वर्ष देखी एकादशीका दिन तिहार विशेष भैलो तथा मारुनी नाच प्रतियोगिता गरिदै आएको छ ।

पाचौं एकादशी मेलामा गौमुखी गाउँपालिकाका विभिन्न वडा र मदाने गाउँपालिका १ अग्लुङ बाट भैलो टिम सहभागिता रहेको थियो भने जम्मा ५ टिम सहभागी भएका थिए ।

उक्त भैलो प्रतियोगितामा ठुलाबेसी बजारको भैलोले प्रथम स्थान हासिल गरेको छ भने मदाने अग्लुङको भैलो द्वितीय साथै गौमुखी गा.पा.७ लिबाङको भैलोले तृतीय स्थान हासिल गरेको छ। साथै बिजेताहरुलाई क्रमश पच्चीस हजार, बीस हजार र पन्ध्र हजार गरि  पुरस्कार प्रदान गरिएको छ।साथै अन्य सहभागी भैलो टिमलाई प्रोत्साहन स्वरुप दश हजारका दरले सहयोग गरिएको हो।

पाचौं एकादशी मेला गौमुखी गाउँपालिका प्युठानका उपाध्यक्ष महाबिर रानाको बिशेष उपस्थितिमा भएको थियो भने कार्यक्रमको अध्यक्षता युनेसिनका अध्यक्ष प्रेम चन्दले गर्नुभएको थियो भने संचालन युनेसिनका सचिब बालाराम न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation