साफ यू–२० महिला च्याम्पियनसिप २०२५ बंगलादेशमा हुने

६ मंसिर, काठमाडौं 

साफ यू–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो।

ढाकामा हुने प्रतियोगिता आगामी माघ ११ गतेदेखि फागुन ७ गतेसम्म चल्नेछ। यसअघि अन्जना राना मगरको कप्तानीमा रहेको नेपाली अन्डर नाइन्टिन टिम फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। त्यसपछि नेपाली अन्डर ट्वेन्टी टिमले भने अपेक्षित प्रदर्शन गर्न सकेन।

नेपालले अन्डर एटिन, अन्डर नाइन्टिन र अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन। यो प्रतियोगितामा नेपाल दुई पटक फाइनल पुगेको छ।

त्यसैगरी, साफ पुरुष अन्डर नाइन्टिन च्याम्पियनसिप २०८२ सालको कात्तिक १९ देखि २९ गतेसम्म हुने भएको छ। यो प्रतियोगिताको आयोजना अधिकार भारतले पाएको छ । समग्रमा १८, १९ र २० वर्षमुनिको साफ पुरुष च्याम्पियनसिपमा नेपाल दुई पटक विजेता बनिसकेको छ। अन्डर नाइन्टिनतर्फ नेपाल सन् २०१५ र अन्डर एटिनमा २०१७ मा च्याम्पियन बनेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation