एनपीएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बागमतीका दुई टोलीबीच भिडन्त हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले काठमाडौं गुर्खाजको सामना गर्नेछ। खेल बिहान ९ः१५ बजे सुरु हुनेछ।

कुशल मल्ल मर्की खेलाडी रहेको चितवन राइनोजले प्रतियोगिताका लागि एक हप्ताको तयारी गरेको छ। केही दिन चितवनमा अभ्यास गरेको टोलीले प्रतियोगिताको निकिँदै गर्दा मुललपानीमा प्रशिक्षण समय बिताएको थियो । टोलीको मुख्य प्रशिक्षकमा नेपाली सिनियर पुरुष टोली सम्हालिसकेका उमेश पटवाल छन्।

चितवनले पाँच विदेशी खेलाडी अनुबन्ध गरेको छ। जसमध्ये इङ्ल्यान्डका पूर्वब्याटर रवि बोपारा चर्चित नाम हुन्। यसबाहेक टोलीले पाकिस्तानका सोहेल तान्विर, अफगानिस्तानका हसन इसाखिल, इङ्ल्यान्डका लुक बेन्किन्सटन र नामिबियाका जान निकोल लोफ्टी इटोनलाई अनुबन्ध गरेको छ। सबै विदेशी खेलाडी नेपाल आइसकेका छन्।

बोपारा आइतबार राति मात्रै आइपुगेकाले काठमाडौंविरुद्ध मैदान उत्रिने सम्भावना निकै कम छ। रिजन ढकाल, शरद भेषवाकर चितवनका चर्चित घरेलु अनुहारहरु हुन्।

करण केसी मार्की खेलाडी रहेको काठमाडौंको मुख्य प्रशिक्षकमा राष्ट्रिय टालीका पूर्वसहायक प्रशिक्षक वसन्त शाही छन्।

काठमाडौंले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । नामिबियाका जेर्हार्ड इरासमस, नेदरल्यान्ड्सका माइकल लेभिट, अस्ट्रेलियाका स्टेफन सिन इस्किन्जी र इङ्लिस खेलाडीद्धय डान ड्वाउथवेट र नाथन साउटर विदेशी खेलाडी हुन्।

सबै सोमबारको खेलका लागि उपलब्ध छन्। भीम सार्की, रासिद खान र शाहब आलम टोलीका चर्चित घरेलु नाम हुन्।

सोमबार दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ। जनकपुर लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ।

उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई हराएको थियो। खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation