पोखराको उत्कृष्ट पुनरागमन, लुम्बिनी १० विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनीविरंद्ध पोखराले १० विकेटले जित हात पारेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदानमा लुम्बिनीले ४ विकेटको क्षतिमा १७० रन बनायो। जितका लागि मैदानममा उत्रिएको पोखराले विना विकेटको क्षतिमा १७६ रन बनायो। ओपनरद्वय दिनेश खरेलले ६१ र आन्द्रेश गोसले १०४ रन बनाए।

लुम्बिनीका लागि लागि कप्तान रोहित पौडेलले ९५ रन, टर्म मरेस ४५, सन्दीप जोरा १८, आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य आउट भए । पोखराका लागि विपिन खत्रीले दुई, म्याट क्रिट्ले एक  विकेट लिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation