काठमाडौंमाथि जनकपुरको शानदार जित!

नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा  जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ।

जनकपुरले ५ विकेट गुमाउँदै १५.५ ओभरमा १०४ रन बनाएर नतिजा आफ्नो पक्षमा पारेको हो।

टस जितेर ब्याटिङमा आएको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई  १०२ रनको लक्ष्य दिएको थियो।

१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले १०१ रन बनाउन सक्यो।

काठमाडौंको लागि जेरार्ड एरासमस २०,  करण केसी १९, स्टेफन इस्किनाजी १७, माइकल लेभिट आठ, रसिद खान सात, प्रतिक श्रेष्ठ छ,  भीम सार्की चार, डान डाउथवेथ एक रन ,  सुमित महर्जन,दिपेश कंडेल शून्यमा आउट भए।  साहव आलम ८ रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लको समान तीन/ तीन, मोहम्मद मोहसिन दुई, अरनिको यादव र किशोर महतोले समान एक/एक विकेट लिए।

१०२ को लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि  जेम्स निसम २७, लाहिरू मिलन्था १६, अनिल साह ११, शुभ कंसकार पाँच, आशिफ शेख दुई रनमा आउट भए। हर्ष ठाकर २५ र मोहम्मद मोहसिन १३ रनमा अविजित रहे।

काठमाडौंका लागि करण केसीले दुई, दिपेश कंडेल, साहव आलम र जेरार्ड एरासमसले एकएक विकेट लिए।

जनकपुरले यसअघि चार वटामा जित हासिल गरेको थियो भने सुदुरपश्चिम रोयल्ससँग पराजित भएको थियो। काठमाडौंले यसअघि दुई खेल हारेको थियो भने दुई खेलमा जित हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation