अध्यक्ष कपकाे उपाधि नाैबहिनी ७ लाई !

६ पुस, प्युठान

नौबहिनी गाउँपालिको वाडा स्तरीय दोस्रो अध्यक्ष कप आज सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा पुष ४ देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

अध्यक्ष कप प्रतियोगिता अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ प्रथम नौबहिनी-७, द्वितीय नौबहिनी-५, तृतीय नौबहिनी-३ र सान्त्वना नौबहिनी-२ भएको हो।

त्यस्तै महिला तर्फ प्रथम नौबहिनी-१, द्वितीय नौबहिनी-५, तृतीय नौबहिनी-४ र सान्त्वना नौबहिनी-३ भएको हो ।

प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट खेलाडी नौबहिनी-७ का हिमाल कुवर, वेस्ट स्पाइकर नौबहिनी-५ का अर्जुन पल, वेस्ट सेटर नौबहिनी-७ का गंगाराम कुवर, वेस्ट लिब्रो नौबहिनी-२ का रबिन घर्ती मगर

त्यस्तै महिला तर्फ उत्कृष्ट खेलाडी नौबहिनी-१ का सञ्जु घर्ती मगर, वेस्ट स्पाइकर नौबहिनी-५ की आयुष्मा बिष्ट, वेस्ट सेटर नौबहिनी-३ का मनिषा पुन मगर, वेस्ट लिब्रो नौबहिनी-५, की चमेली थापा मगर भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation