रविमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग

श्रीमती निकिताको समेत सम्पत्ति जफत गर्न माग

७ पुस, काठमाडौँ

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सो रकम लामिछानेले गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।

अभियोगपत्रमा देवानी दायित्वअन्तर्गत लामिछानेपत्नी निकिता पौडेलको समेत सम्पत्ति जफत गर्न माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता एवं सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार ३१ जनालाई प्रतिवादी, आठवटा कम्पनी र पाँच व्यक्तिविरुद्ध सम्पत्ति जफतको मागसहित कुल ४४ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता गरेको शर्माले जानकारी दिइन्। यसअघिका १९ जना गरी अदालतमा अभियोग दर्ता हुनेको संख्या ६३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation