त्रिविको स्वर्ण दीक्षान्त समारोह आज हुँदै

त्रिभुवन विश्वविद्यालयले शनिबार दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाउँदैछ।

समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको छ। यो वर्ष समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित हुँदैछन्। यो पटक ​गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका समारोह समितिका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पीएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित हुँदैछन्। समारोहमा २२ विद्यार्थीलाई सर्वोत्कृष्ट पदक दिइँदै छ,जसमा १७ छात्रा र ५ छात्र रहेका छन् । दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव रहनेछन्।

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायतको सहभागिता रहनेछ । त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीलाई बिहान १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation