बालेन साहले काठमाण्डौमा चुनाव जित्दा राष्ट्रिय आविष्कार केन्द्रलाई फाईदा भयो- महाविर पुन

१९ पुस, काठमाडौँ

राष्ट्रिय आविष्कार केन्दका अध्यक्ष महाविर पुनले काठमाडौँँ महानगरमा बालेन साहले चुनाव जित्दा आविष्कार केन्द्रलाई फाइदा भएको बताएका छन् । उनले आफ्नो फेसबुक पोस्ट मार्फत यस्तो बताएका हुन् ।

महाविर पुनले आफ्नो फेसबुक पोस्ट्मा लेखेका छन् , ‘बालेन साहले काठमाण्डौ महानगरपालिकाको चुनाव जित्दा राष्ट्रिय आविष्कार केन्द्रलाई यसरी फाईदा भयो – स्थानिय निर्वाचन – २०७९ को बेला सिराहा निबासी Kameshwar Mahato जी ले आफ्नो फेसबुक पोस्ट्मा काठमाडौं महानगरपालिकाको स्वतन्त्र उमेदवार बालेन्द्र साहले आफनो निकटम प्रतिद्वन्दि भन्दा जति मत बढि ल्याएर जित्नु हुन्छ त्यति बराबरको रकम राष्ट्रिय आविष्कार केन्द्रलाइ दान दिने घोषणा गर्नु भएको रहेछ। सोहि अनुरूप बालेन्द्र साहले उनको निकट्तम प्रतिद्वन्दीले भन्दा २३४२६ मत बढि पाएकोले कामेश्वरजी ले मिर्चैया बजार सिराहामा मलाई भेटेर रु.२३,४२६ दान गर्नु भयो। त्यहि रकम बराबरको ३१ वटा किताब लैजानु भयो। उहाँले सो किताब विद्यार्थीहरुलाई वितरण गर्नु हुनेछ। धन्यवाद।’ 🙏

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation