प्रधानमन्त्री कप: एकदिवसीय क्रिकेट लुम्बिनीमा हुने

राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ।

क्यानले  प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमा फागुन २५ गतेदेखि हुने जानकारी दिएको छ।

क्यानले माघ ७ गतेदेखि २८ गतेसम्म जिल्ला छनोट र फागुन ३ देखि १८ गतेसम्म प्रादेशिक प्रतियोगिता गरिसक्नुपर्ने कुरा उल्लेख गरेको छ।

प्रधानमन्त्री कपको छैटौं संस्करण लुम्बिनी प्रदेशको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र बागमती प्रदेशको त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा सम्पन्न भएको थियो।

त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation