खोखो विश्वकप : नेपालका दुवै टोली क्वार्टरफाइनलमा

नेपालको पुरुष टिम बिहीबार भुटानलाई ९८–८ ले हराएर खो खो विश्वकप प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

भारतमा भइरहेको प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा नेपालले तेस्रो जित हात पारेको हो। पहिलो खेलमा भारतसँग पराजित भएपछि नेपालले ब्राजिल र पेरुलाई हराएको थियो।

यसै गरी महिलातर्फ नेपालले शतप्रतिशत जीत निकल्दै समूह विजेता बनी क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम खेलमा बङ्गलादेशलाई ८४–२४ ले हराएर नेपाल समूह विजेता बनेको हो। खेलमा नेपालकी मानमती धामी उत्कृष्ट अट्याकर र दीपा विक उत्कृष्ट खेलाडी घोषित भइन्।

समूह ‘सी’ मा रहेको नेपालको महिला टोलीले श्रीलङ्कालाई ११०–१० स्कोरमा हराएको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ र दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराएको थियो। चार समूहबाट शीर्ष स्थानमा रहने दुई÷दुई टिमको टुंगो लागि सकेको छ। क्वाटरफाइनलका खेल आज हुनेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation