साम्पाङकाे रित्ताे गाग्रो प्रहरी नियन्त्रणमा ! के बिगारेछ गाग्रीले ?

 

मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका उनलाई प्रहरीले रित्तो गाग्री खोसेर सिंहदरबारमा प्रवेश दिएको छ।

आफू चर्चा कमाउनका लागि मात्र नभएर धराने जनताको काम गर्न काठमाडौं आएको भन्दै धरानको खानेपानीको दीर्घकालीन व्यवस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने बताए।

धरानको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने गरी सोमबार उनी काठमाडौं आएका हुन्। उनले खानेपानी मन्त्रालयमा छलफल गरेपछि अर्थ मन्त्रालय पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation