अखिल (क्रान्तिकारी)को चुनाव आज, अध्यक्षमा ५ जना दावेदार, कसले मार्ला बाजी ?

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माका अनुसार सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट प्रतिनिधिले मतदान गर्नेछन्। दुई हजार ३९८ जना प्रतिनिधिले ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ, जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा छन् । खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ। महासचिवमा पद्मप्रसाद काफ्ले, प्रतीक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो छन्।

यस्तै नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी परेको छ। एक कोषाध्यक्ष पदका लागि पार्वता चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्रबहादुर चन्द र फूलमाया रानामगर छन् । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भएपछि विद्यार्थी नेताले आफ्नो गुटबाट प्यालन बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation