सुमन सुवेदीको कृति `अगुल्टो´ सार्वजनिक

१६ माघ, प्युठान

प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदी द्धारा रचित अगुल्टो कविता संग्रह विमोचन गरिएको छ । साहित्य परिषद प्यूठानको आयोजनामा सहिद दिवसको अवसर पारि सुवेदी द्धारा रचित पुस्तक विमोचन गरिएको हो । सुवेदीको यो पहिलो कृति प्रकाशन हो ।

कविता संग्रहमा ५२ वटा कविता समावेश गरिएको छ । बुबा देवेन्द्र र आमा उमा सुवेदीका पुत्र सुवेदीको कविता संग्रहको प्रकाशक सुवेदीको धर्म पत्नी एलिना भट्टराइले गरेकी छिन । सुवेदी पछिल्लो समय प्रस्ट बोल्ने बक्ताको रुपमा म अभियानमा सकृय बढाएका छन ।

देशमा चरम भ्रष्टचार,विकृती विसंगति र संस्कार हिन समाजको उजागर गर्नका निम्ती यो कविता संग्रहले व्यङ्ग्य गरेको साहित्य परिषद प्यूठानका पुर्व अध्यक्ष गेहराज थापाले बताए । त्यस्तै सहिद दिवसको अवसरमा पुस्तक विमोचन संगै , सहिदहरुको सालिकमा माल्यारपर्ण, म अभियानबाट स्वास्थ्य परिक्षण, १९ औं राष्ट्रिय रक्तदाता दिवसको अवसरमा रक्तदान उत्प्रेरणा, सहित्य प्रेमीहरुबाट कविता वाचन गरिएको थियो ।

प्यूठान नगरपालिका ७ गाजुरी स्थीत सहिद स्मृती पार्कमा आयोजीत कार्यक्रममा साहित्य परिषद प्यूठानको कार्यवाहाक अध्यक्ष विमला खनालको अध्यक्षतामा सहिद स्मृती पार्क व्यवस्थापन समितिका अध्यक्ष ज्ञामुराम न्योपानेको प्रमुख आतिथि रहेको कार्यक्रममा जिल्लाका साहित्य प्रेमि हरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation