
१७ माघ, प्युठान
धर्मावती मावि लम्क्ष्याङ नेटाले ७० औँ वार्षिक उत्सव मनाएको छ ।
प्यूठान नगरपालिका ६ माझकोट मा रहेको विद्यालयले विभिद कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । २०११ सालमा स्थापना भएको विद्यालयमा हाल १० कक्षा सम्म पढाई हुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसव पुनको अध्यक्षतामा प्यूठान नगरपालिका नगर उप प्रमुख देवन्द्र वर्मा को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उप प्रमुख वर्माले विद्यालय ले राम्रो प्रगति गरेको बताएका छन । विद्यालयमा विविध समस्याहरुलाई नगर सरकारको तर्फबाट केही उपलव्धीमुलक काम गर्न नसकेको तर यो विषयमा आफु गंभिर रहेको , र तत्काल समस्या समाधान तर्फ लाग्ने बताएका छन ।
गिरीराज भण्डारी द्धारा बुबाआमाको नाममा अक्षकोष स्थापना
साथै कार्यक्रममा विभिन्न समाजसेवीहरुबाट विदालयमा अक्षकोश स्थापना गरिएको छ । गिरिराज भण्डारी र बुहारी सिता भण्डारीले ले आफ्ना आमा बुबाको स्मृतीमा २५ हजार अक्षकोष स्थापना गरेका छन । भण्डारीले स्वर्गीय बुबा कुन्तामनी र आमा चेतकला भण्डारीको स्मृतीमा अक्षकोष स्थापना गरेका हुन । अक्षकोष बाट जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पढाइमा साहेताका लागि स्वगृय आमा बुबाको नाममा कुन्तामनी चेतकला अक्षकोष स्थापना गरेको उनको भनाई छ । त्यस्तै पुर्व वडा सदस्य मदा भण्डारीले स्वर्गीय दन्द सिता भण्डारीको नाममा विद्यालयमा जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि पढाइमा राहत होस भन्नका निम्ती ५ हजार ५ सय ५५ रुपैयाको अक्षकोष स्थापना गरेको उनको भनाइ छ । विद्यालयमा विभिन्न अक्षकोषले विद्यार्थीहरुका लागि हौसला भएको विद्यालयका प्रधाना ध्यापक पुस्पलाल पुन ले बताएका छन ।
वार्षिक उत्सव समारोहमा विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले विषयगत रुपमा सत प्रतिशत विद्यार्थी पास गराएवापत शिक्षकहरुलाई सम्मान तथा पुरुषकृत गरिएको छ । कक्षा ५ कक्षा ८ र एस इइ मा विभिन्न विषयमा सत प्रतिशत विद्यार्थी पास गराउने शिक्षकहरुलाई सम्मान गरिएको प्रधानाध्यापक पुनको भनाई छ । त्यस्तै विभन्न अक्षकोषदाताहरुबाट स्थापना गरिएको अक्षकोषले विद्यालयमा अध्ययनरत जेहेन्दार , अनुशासित तथा पिपन्न वर्गका विद्यार्थीहरुलाई पुरुषकृत गरिएको हो ।
कर्याक्रममा विद्यालयका पुर्वा व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधी, शिक्षा प्रेमी , अविभावक, विद्यार्थी लगाएतको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको हो ।