भूमी विकास माविले मनायो ४९ औंं वार्षिकोत्सब (केही तस्बिरहरु)

२७ माघ, प्युठान

प्युठानको मल्लरानी गाउँपालिका -५ मा रहेको श्री भूमी विकास माद्यामिक विद्यालयले ४९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रम गरि मनाएको छ ।

कार्यक्रममा संचालकको भुमिका शिक्षक सौगात उपाध्यायले निर्वाह गरेका थिए भने कार्यक्रमको अध्यक्षता ग्रहण बि.ब्य.स अध्यक्ष पवन पन्तले गरेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ , अन्य अतिथिमा मल्लरानी- ५ का वडा अध्यक्ष गोपाल बहादुर थापा लगायत कार्यपालिका सदस्य, वडा नम्बर ५ का जनप्रतिनिधिहरु विभिन्न समाजसेवीहरु, बि.ब्य.स पदाधिकारीहरु र सि.अ.स पदाधिकारीहरु तथा अन्य अभिभावकहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै स्वही समारोहका बिच विविध विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

केही तस्बिर्हरु-

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation