क्यानले खुलायो राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन

३ फागुन, काठमाडौं 

नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो ।

क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।

साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ ।

भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनीसँगको सम्झौता नवीकरण भएको थिएन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation