
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा आरोपित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी रहेको भारतको भुवनेश्वर–कटक प्रहरीले जानकारी दिएको छ । प्रहरीले एक प्रेस नोट जारी गर्दै अद्विक श्रीवास्तवालाई सोमबार नै पक्राउ गरी अनुसन्धान जारी रहेको बताएको हो ।
केआईआईटी विश्वविद्यालयमा आइतबार राति २० वर्षीया लम्साल मृत फेला परेकी थिइन् । उनी कम्प्युटर विज्ञानको तेस्रो वर्षमा अध्ययनरत थिइन् ।
प्रहरीका अनुसार सोही विश्वविद्यालयको बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २४ वर्षीय सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी थानामा आइतबार उजुरी दर्ता गरेका थिए । उजुरीमा बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय अद्विक श्रीवास्तवाले दुर्व्यवहार गरेपछि लम्सालले आत्महत्या गरेको उल्लेख थियो ।