टिपर दुर्घटनामा एकको मृत्यु, ३ घाइते

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

ना १ क ९१२९ नम्बरको ट्रिपर दुर्घटना भइ त्यसैले च्यापिएर चालक मकवानपुरको बागमती गाउँपालिका ६ फापरवारीका ३२ वर्षीय नरबहादुर बाइवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

पाल्पाबाट चुनढुङ्गा लोड गरी नवलपुरको विनयी त्रिवेणी–१ होङसी सिमेन्टतर्फ आउँदै गरेको टिपर चालकले नियन्त्रण गुमाई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना परी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगन्ज उपमहानगरपालिका २७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन्।

घाइतेको  मध्य बिन्दु प्रादेशिक अस्पतालमा उपचार भरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation