पाकिस्तानको एक मदरसामा आत्मघाती विस्फोट, ५ जनाको मृत्यु, २० जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार एक आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु र २० जना घाइते भएको प्रहरी र उद्धार अधिकारीहरूले बताएका छन्।

घटना नौशेरा जिल्लाको दारुल उलूम हक्कानियामा भएको थियो। मदरसाका हेरचाहकर्ता मौलाना हमिद उल हक हक्कानी आक्रमणको निशानामा थिए। उनी विस्फोटमा गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी अधिकारी अब्दुल रशिदले शुक्रवारको प्रार्थना गर्न भेला भएका उपासकहरू बीच एक आत्मघाती बम विस्फोट भएको हो। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। अनुसन्धानका लागि क्षेत्रलाई घेराबन्दी गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation