२४ फागुन, काठमाडौं
अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ ।
युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा युगाण्डा र हङकङ खेल्दै छन् । दोस्रो खेलमा नेपाल र नामिबिया खेल्ने छन् । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।
नेपालले महिला क्रिकेटमा पहिलोपटक नामिबियासँग खेल्न लागेको हो । यस शृंखलामा खेल्ने अन्य टोलीहरूसँग भने नेपाल पहिले पनि खेलिसकेको छ ।