वुमन्स डे कप: नेपालले आज नामिबियासँग खेल्दै

युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्।  नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ।  नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ। तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ।

यसअघि लिगको पहिलो चरणमा भएको भेटमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। नेपाल युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पार्दै खेलमा फर्किएको थियो। तर हङकङसंग दुई रनको झिनो हार बेहोर्यो।

युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ। आजै युगान्डा र हङकङ बीच पनि खेल हुनेछ।
फाइनल खेल आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation