श्रीमानको हत्या आरोपमा श्रीमतिसहित ५ जना पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका(२, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगर बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए।

मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकी कान्छी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।

मृतकको शरीरका विभिन्न भागमा चोट देखिएको र घटनास्थलको प्रकृतिका आधारमा हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतककी कान्छी श्रीमती ४४ वर्षीया जीतमाया लिम्बू, १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी र १६ वर्षीय एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

उनका अनुसार खेमबहादुरले पत्नी जीतमायालाई दिनहुँजसो कुटपीट र घरेलु हिंसा गर्ने गरेकोले प्रतिसोधमा हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

गत बुधबार अपरान्ह समेत कुटपीट गरेपछि कान्छी श्रीमती सहितले बाँसको लट्ठीले पेट, ढाड लगायत विभिन्न स्थानमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation