प्रधानमन्त्री कप: आज तीन खेल हुँदै !

लुम्बिनीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुदै छन्।

आज लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने मधेश प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

त्यस्तै आज अर्को खेल सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिमले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने नेपाल पुलिस क्लब चार खेलमा अपराजित रहदै शीर्ष स्थानमा रहेको छ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ।

जारी प्रतियोगितामा एपीएफ क्लबले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने आर्मी क्लब आफ्ना चार खेलमा अपराजित रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation