रोल्पामा अखिल (समाजवादी)को प्यानल विजयी !

५ चैत, रोल्पा

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले रोल्पामा विजयको झन्डा फहराएको छ।

जसमा ३ दल नेकपा माओवादी केन्द्र ,नेकपा एमाले ,नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन एकातिर र नेकपा निकट अखिल (समाजवादी) एकातिर भएर चुनावी मैदानमा होमिएका थिए।

संसदवादी दलहरु विरुद्ध एक्लै चुनावमा होमिएको अखिल (समाजवादी) ले सबैभन्दा धेरै मत प्राप्त गर्दै विजय हासिल गरेको छ।

अखिल (समाजवादी) का अध्यक्ष,सचीव,कोषाध्यक्ष सहित सबै उम्मेदवार विजय भएका छ्न। जसमध्ये अखिल (समाजवादी)का अध्यक्ष पदका उम्मेद्वार रहेका चुडामणि के सी ले ७१ मत प्रप्त गरेका छन भने गठबन्धन (३ संगठन) का तर्फका अध्यक्ष पदका उम्मेद्वार रहेका दिपेन्द्र डाँगीले ४४ मत प्राप्त गरेका छन् ।

अध्यक्ष केसिले प्रतिद्वन्द्वी (गठबन्धन)का उम्मेद्वार डाँँगीलाई २७ मतले पछि पार्दै जिन हासिल गरेका हुन् ।

त्यस्तै समानुपातिकतर्फ जम्मा मतदाता १२८ रहेका मध्य ११७ खसेकोमा ४ मत बदर भएको छ। जसमा अखिल (समाजवादी) ६८ मत प्रप्त गरेको छ भने क्रमस: अखिल क्रान्तिकारी ३९, अनेरास्ववियु ३, ने वि संघ १, शान्तिप्रेमी समूह १ र भ्रष्टाचार निवारणले १ मत प्राप्त गरेका छन् ।

 

अखिल (समाजवादी)
अध्यक्ष चुडामणि के सी ७१
गठबन्धन (३ संगठन)
दिपेन्द्र डाँगी ४४

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation