हिजो भेटिएको `२५ करोड पैसा´ माओवादीकै हो: दुर्गा प्रसाईंको

राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले सोमबार टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ रकम माओवादीको भएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे।

प्रसाईँले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए। उनले भने, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो। त्यो माओवादीनिकट एकजना टिविटेनसँग खाने मान्छेको पैसा हो।’

प्रहरीले करिब २५ करोड नेपाली रुपैयाँबराबरको विदेशी अवैध मुद्रासहितको ट्रक र चालकलाई नियन्त्रणमा लिई हिजो पत्रकार सम्मेलन गरेको थियो। उक्त रकम कसको हो? र कुन प्रयोजनका लागि लगिँदै थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation