जन्मदिनको उपलक्ष्यमा समाजसेवी विष्टद्वारा विद्यालयलाई सहयोग

११ चैत, रोल्पा

समाजसेवा र शिक्षाप्रति समर्पित व्यक्तित्व दिपक विष्टले आफ्नो जन्मदिनको अवसरमा श्री चन्द्रप्रभा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन्। विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले उनले रु ११,१११/- (एघार हजार एक सय एघार) सहयोग राशी उपलब्ध गराएका हुन् ।

साविक फगाम गा.वि.स.–१, रिझा (हाल सुनिलस्मृति गाउँपालिका–३, रुइनिबाङ) निवासी श्री जितबहादुर विष्ट र श्रीमती रसी विष्टका सुपुत्र तथा रोल्पा सनलाइट बोर्डिङ स्कुलका प्रबन्ध निर्देशकसमेत रहेका विष्ट समाजसेवामा सक्रिय छन् ।

विद्यालय व्यवस्थापन समितिले विष्टको “सेवासँग संस्कार” अभियानलाई उच्च मूल्यांकन गर्दै उनको यस उदाहरणीय कार्यप्रति आभार व्यक्त गरेको छ। विद्यालय परिवारका अनुसार जन्मदिनलाई समाजसेवामार्फत अर्थपूर्ण बनाउने उनको सोच अत्यन्त प्रेरणादायी छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टले दिपक विष्ट परिवारको निस्वार्थ योगदानबाट अन्य शिक्षाप्रेमी तथा समाजसेवी महानुभावहरू पनि प्रेरित हुने विश्वास व्यक्त गरेका छन् । साथै, विद्यालय परिवारले विष्टलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, उन्नति, समृद्धि तथा उज्ज्वल भविष्यको शुभकामना एवम् धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation