आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ : प्रचण्ड

२४ चैत, काठमाडौँ 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन्।

आज यहाँ आयोजित नेवाः मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए। अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताए।

नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation