आज अफगानिस्तानसँग भिड्दै नेपाल

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिया छनोटको फाइनल खेल मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ।

नेपाल यसअघि तीनवटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। आज अफगानिस्तानलाई पराजित गर्दै उपाधि जित्ने र सिधै विश्वकपमा स्थान बनाउने लक्ष्यमा नेपाल हुनेछ । तर बिहानैदेखि वर्षा भइरहेकाले खेल प्रभावित हुन सक्ने आशंका छ।

नेपालले आज अफगानिस्तानलाई हराउन सके विश्वकपमा नवौँ पटक स्थान बनाउने छ। जारी प्रतियोगितामा अफगानिस्तान नेपाल भन्दा राम्रो रनरेटसहित शीर्ष स्थानमा छ। जसका कारण विश्वकपमा स्थान बनाउन अफगानिस्तानविरुद्ध जित निकाल्नै पर्ने बाध्यता नेपाललाई छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation