कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि हुने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।

परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी ,संस्कृत रचना, बुद्ध शिक्षा,उर्दू व्याकरण विषयकाे परीक्षा हुनेछ।

परीक्षा जेठ २ गते सकिनेछ। परीक्षा बोर्डले यसअघि वैशाख ११ गते(भोलि)देखि कक्षा १२ परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा हुन सकेन। बोर्डले हिजो बेलुका परीक्षा स्थगित गरी नयाँ समय तोकेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation