ललितपुर महानगरले शिक्षकलाई भन्यो- भोलिदेखि पठनपाठन थाल्नू

१५ वैशाख, काठमाडौँ 

ललितपुर महानगरपालिकाले भोलिदेखि नियमित पठनपाठन थाल्न शिक्षक र सरकारी (सामुदायिक) विद्यालयहरूलाई निर्देशन दिएको छ।

आज महानगरपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरूलाई पठनपाठन थाल्न निर्देशन दिएको हो।

महानगरपालिकाले कार्यपात्रोबमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नू गराउनू हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation