रोहित शर्माद्वारा सन्यासको घोषणा !

२५ वैशाख, काठमाडौं 

भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

उनले बुधबार १२ वर्षको टेस्ट करियरलाई विश्राम दिने निर्णय गरेका हुन्।

रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन्। उनले ६७ टेस्टमा १२ शतक र १८ अर्धशतकसहित ४ हजार ३०१ रन बनाएका छन्।

रोहितले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। यसैगरी उनले गत वर्ष अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेले।

रोहितको कप्तानीका भारतले गत सिजनको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको थियो।

टोली अस्ट्रेलियासँग २०९ रनले पराजित हुँदा उपाधिबाट बञ्चित बनेको थियो।

यसैगरी टेस्ट च्याम्पियनसिपको पहिलो संस्करणमा पनि भारत फाइनलसम्म पुग्दा रोहितले राम्रो प्रदर्शन गरेका थिए। त्यसबेला भारत न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation