नेपालले आज नेदरल्याण्ड्ससंग भिड्दै

२१ जेठ, काठमाडौं 

आईसीसी विश्वकप लिग टु मा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ।

स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ।  लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष  टोली हुन्।  त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ।​

नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो।  नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो।

नेपालले अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक खेलमा सनसनीपूर्ण जित हात पारेको छ। गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा  हरायो।

जितपछि नेपाल लिग टुको तालिकामा पुछारबाट सातौं स्थानमा उक्लिएको छ। नेपालले १३ खेलमा ३ जितसहित ८ अंक जोडेको छ। २० खेलमा १२ मा जित निकालेको नेदरल्याण्ड २६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ। अमेरिका भने तालिकाको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation